झापा , असार ७ । झापा पहिलोपटक २ वर्षीया एक बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

फाइल तस्वीर

अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे क्वारेन्टाइनमा बसेका एक बालिकासहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।अर्जुनधारा नगरपालिका प्रमुख कार्यकारी अधिकृत पंकज भूर्तेलका अनुसार उनीहरू भारतको विहारबाट काँकरभिट्टा नाका भएर जेठ २७ गते आएका थिए । २ वर्षीया एक बालिकासहित एक महिला र पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नगर स्वास्थ्य कार्यालय अर्जुनधाराले जनाएको छ ।संक्रमित महिला २ वर्षीया बालिकाकी आमा हुन् । उनको उमेर २२ वर्षको छ । संक्रमित पुरुषको उमेर २३ वर्ष रहेको छ । उनीहरुसँगै स्वाब संकलन गरिएका अन्य २४ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । उनीहरुको असार ३ गते स्वाब संकलन गरिएको थियो । झापामा शनिबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनेमा गौरीगञ्ज गाउँपालिकाका एकजना पुरुष रहेको जनाइएको छ ।
गौरीगञ्ज गाउँपालिका ५ का ३१ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमित पुरुष गत जेठ १९ गते भारतको हरियाणाबाट आएर खजुरगाछी माविको क्वारेन्टाइनमा बस्दै आएका थिए ।विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । उनलाई उपचारका लागि मोरङको गोठगाउँ पठाइएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १८६ पुगेको छ । निको भएर घर फर्कनेको संख्या १२६ जना पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्