झापा , असार ७ । झापामा आज २ वर्षीया एक बालिका र दुई महिलासहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे क्वारेन्टाइनमा बसेका एक बालिकासहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।अर्जुनधारा नगरपालिका प्रमुख कार्यकारी अधिकृत पंकज भूर्तेलका अनुसार उनीहरू भारतको विहारबाट काँकरभिट्टा नाका भएर जेठ २७ गते आएका थिए । २ वर्षीया एक बालिकासहित एक महिला र पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नगर स्वास्थ्य कार्यालय अर्जुनधाराले जनाएको छ ।संक्रमित महिला २ वर्षीया बालिकाकी आमा हुन् । उनको उमेर २२ वर्षको छ । संक्रमित पुरुषको उमेर २३ वर्षको रहेको छ । उनीहरुसँगै स्वाब संकलन गरिएका अन्य २४ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । उनीहरुको असार ३ गते स्वाब संकलन गरिएको थियो । त्यस्तै कनकाई नगरपालिकाका थप एकजना महिलामा कोरोना पुष्टि भएको छ । कनकाई ७ बस्ने ३१ वर्षिया संक्रमित महिला कुवेतबाट आएर दुर्गापुर क्वारेन्टाइनमा बसेकी थिइन्
त्यस्तै मेचीनगरमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । होम क्वारेन्टाइनमा बसेका दुई पुरुषमा कोेरोना पुष्टि भएको हो ।
सक्रमित पुरुषहरु वडा नं ५ र ६ का रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए । वडा नं ५ का ३० बर्षीय पुरुष वडा नं ५ को बालकल्याण माविको क्वारेन्टाइनमा रहेको मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले बताए ।त्यस्तै अर्का संक्रमित वडा नं ६ का ३५ बर्षीय पुरुष रहेका छन् । जेठ ३२ गते भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए ।नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्र ४२१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ७५ हजार एक सय ७३ र आरडीटी विधिबाट दुई लाख ६२ हजार एक सय ७४ जनाको नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा २२ प्रयोगशाला पीसीआर विधिबाट ६ हजार ८ र आरडीटी विधिबाट ९ हजार आठ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ ।मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ छन् भने आइसोलेसनमा सात हजार दुई सय ३१ जनाको उपचार भइराखेको छ । आइतबार ८ महिला र १८६ पुरुष गरेर १९४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना जित्नेको संख्या भने १७ सय ७२ पुगेको छ । जसमध्ये १४९ महिला र १६ सय २३ पुरुष रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्