झापा ,असार ८ । झापाको पाडाजँुगीबाट लागुऔषधसहित तीन युवा पक्राउ परेका छन् ।

हिजो साँझ मे ११प ६५४६ र बा४४प ९७८५ न.को मोटरसाइकलमा गौरादहतर्फ जादै गरेका युवालाई १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कमल गाउँपालिका ५ बस्ने बर्ष २० का दिपेश थापा, झापा गाउँपालिका ४ बस्ने बर्ष २१ का सेराज अली र सोही ठाउँका बर्ष २३ का अनन्तप्रसाद गणेश रहेका छन् । शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट ब्राउनसुगर प्लाष्टिकसहित ३५ ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्