कमल ,असार ९ । कमल गाउँपालिका ७ मेमेङ टोलस्थित फाल्गुनन्द आमा समूहले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिएको छ ।

समूहले एक कार्यक्रम गरी गत बैशाख २६ गते निर्वाचित नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिएको हो ।समूहको पहिलो साधारणसभाले समिता लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा नन्दाकुमारी केरुङ,सचिवमा विना लावती,सह–सचिवमा कुमारी केरुङ,कोषाध्यक्षमा ललिता मावो र सह–कोषाध्यक्षमा गौरी लिम्बु चुनिएकी छन् । यस्तै,समूहको निवर्तमान अध्यक्ष दिलकुमारी लावतीको संयोजकत्वमा एक सल्लाहकार समिति समेत चयन गरिएको छ । निर्वाचित समूहलाई अगुवाई गर्दै आएकी नेतृ शान्ता केरुङ , पूर्व अध्यक्ष दिलकुमारी लावती,सामाजिक अगुवा बमविक्रम लावती ,किरात युमा माङहिमका अध्यक्ष भिमराज लिम्बु, संगीता लावती लगायतले सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिएका थिए । समूहकी उपाध्यक्ष नन्दकुमारी केरुङले सञ्चालन गरेको कार्यक्रममा समाजसेवी गणेशप्रसाद लिम्बु, समूहका पदाधिकारी,सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्