शिवसताक्षी, असार १० । झापाको शिवसताक्षीमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शिवसताक्षी नगरपालिकाको झरना प्राविको क्वारेन्टाइनमा रहँदैं आएका एक ४१ वर्षिय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । ती पुरुष भारतको चेन्नाईबाट आएको बताइएको छ । योसंगै नगरमा कोरोना संक्रमितको संख्या २ पुगेको छ ।
शिवसताक्षी नगर क्वारेन्टाइन व्यवस्थापन समितिका स्वास्थ्य संयोजक रोशन अधिकारीले ती व्यक्तिमा कोरोना पोजेटिभ देखा परेको पुष्टि गरेका छन्् । उनी असार ८ गते क्वारेन्टाइनमा आएका हुन् । अधिकारीका अनुसार कोरोना संक्रमित व्यक्तिसहित अन्य ५ जना एउटै कोठामा रहँदैं आएका थिए । उनीहरुको रिपोर्ट भने नेगेटिभ आएको बताइएको छ । ती ब्यक्तिहरुको स्वाब संकलन गरी रिपोर्टका लागि पुनः पठाइने समेत उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्