राजगढ, असार ११ । बाह्रदशी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४१ करोड ६९ लाख ७८हजार ७ सय रुपैयाँको बजेट विनियोजन गरेको छ ।

हिजो सातौ गाउँसभामा गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशीले नीति तथा कार्यक्रमसहित सो बजेट सार्वजनिक गरेकी हुन् । बजेटमा चालु तथा प्रशासनिक खर्च ५ करोड ७१ लख ७२ हजार ७३० ,सशर्त अनुदान १७ करोड ४८ लाख र पूँजीगत खर्च १८ करोड ५० लाख ५ हजार ९७० रुपैयाँ छुट्याइएको छ । बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको जिल्ला समन्वय समिति झापाका सदस्य महेशलाल राजवंशीले उद्घाटन गरेका थिए । त्यस अवसरमा बाह्रदशी वडा नं १ को समग्र वस्तुस्थिति समेटिएको वडा चिनारी विमोचन गरिएको थियो । कार्यक्रमको संचालन बाह्रदशी १ का वडाध्यक्ष शम्भुसिंह राजवंशीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्