अर्जुनधारा , असार ११ । नेपाल निजामति कर्मचारी संघ युनियनका केन्द्रीय उपाध्यक्ष उत्तम कटुवाल र नेपाल महिला संघ अर्जुनधारा नगर सभापति लीला कटुवालले तीन महिनाको सटर भाडा छुट गरेका छन् ।

उनीहरूले अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारमा रहेको सटरको भाडा छुट दिने घोषणा गरेका हुन् । लकडाउनको समयमा व्यवसायीले पसल बन्द गरेर बस्नु परेका कारण आफ्नो घरको ४ वटा सटरको भाडा नलिने घोषणा गरेका हुन् ।
आफ्नो घरको सटरमा संचालित पसलहरु चैतदेखि बन्द रहेका कारण व्यवसाय नै नगरी कसरी घरभाडा तिर्न लगाउनु भनेर आफूहरुले चैत, वैशाख र जेठ महिनाको भाडा छुट गर्ने घोषणा गरेको कटुवाल दम्पतीले बताए ।
आफ्नो घरको सटरमा सञ्चालित पसलहरु असहज परिस्थितिमा बन्द रहेकाले भाडा नलिएर व्यवसायीलाई सहयोग गरेको कटुवाल दम्पतीको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्