दमक, असार ११ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले दशैंसम्ममा बिद्यालय सञ्चालन गर्न सरकारले तयारी गरिरहेको बताएका छन्।

नेपाल राष्ट्रिय शिक्षक संगठन झापाले आयोजना गरेको अनलाइन शिक्षक तालिमको समापनलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सो कुरा बताएका हुन्।
कोभिड–१९ को महामारीका कारण देशभरका शिक्षण संस्थाहरू बन्द रहेको र विद्यालयहरूमा क्वारेन्टाइन सञ्चालन गरिएका कारण कोरोना संक्रमणको जोखिमका बीच विद्यालयहरु सञ्चालन गर्न असहज भएको उनले बताए । मन्त्री पोखरेलले अहिले वैकल्पिक पद्धति अपनाउदै शैक्षिक विकासमा योजना बनाउन शिक्षकहरुलाई आग्रह गरे । राष्ट्रिय शिक्षक संगठनले ४५ दिनसम्म शिक्षकलाई विभिन्न विषयमा तालिम दिएको तालिम संयोजक द्रोण श्रेष्ठले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्