अर्जुनधारा ,असार ११ । अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ७९ करोड ६३ लाख ४१ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाद्वारा बुधबार पर्यटकीय क्षेत्र सालबारीमा आयोजित नगरसभामा नगर उपप्रमुख कमला खतिवडा आचार्यले सो बजेट प्रस्तुत गरेकी हुन् ।
प्रस्तुत बजेटमध्ये आन्तरिक आयबाट पाँच करोड ५० लाख, नेपाल सरकारबाट सशर्त अनुदानबाट २४ करोड ५५ लाख, वित्तीय समानीकरणबाट १६ करोड ७४ लाख, विशेष अनुदानबाट २ करोड र समपुरक अनुदानबाट ८० लाख, प्रदेश सरकारबाट प्राप्त हुने अनुदानअन्तर्गत सशर्त अनुदान १ करोड, वित्तीय समानीकरणबाट ७७ लाख ४१ हजार, विशेष अनुदानबाट २ करोड र समपुरक अनुदानबाट १ करोड प्राप्त गर्ने लक्ष्य लिइएको छ । त्यसैगरी नेपाल सरकारको राजश्व बाँडफाँडअन्तर्गत मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट १० करोड २० लाख, प्रदेश सरकारको राजश्व बाँडफाँडअन्तर्गत प्राकृतिक स्रोत बाँडफाँडबाट ४ करोड, यातायात कर बाँडफाँडबाट १ करोड २६ लाख र घरजग्गा रजिष्ट्रेशनबाट ३ करोड, विभिन्न साझेदारी निकायहरुअन्तर्गत सडक बोर्ड नेपालबाट ३५ लाख, नेपाल पर्यटन बोर्डबाट २५ लाख, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ५० लाख, खेलकुद मन्त्रालय वा अन्तर्गत निकायबाट ६० लाख र तराई मधेस सम्वृद्धि कार्यक्रमबाट ६२ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट दुई करोड ३४ लाख, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट दुई करोड ११ लाख र स्थानीय तह क्षमता विकास कार्यक्रमबाट चार लाख प्राप्त गर्ने लक्ष्य लिइएको छ ।नगर प्रमुख हरिकुमार रानाको अध्यक्षता र प्रदेश नं १ का सांसद वृख प्रधानको प्रमुख आतिथ्यमा नगरसभा भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्