झापा, असार ११ । झापामा एकजना कोरोना संक्रमित थपिएका छन् ।

बाह्रदशी गाउँपालिका वडा नं १ का १८ वर्षिय युवामा कोरोना संक्रमण देखिएको हो । ती संक्रमित भारतबाट आएर पशुपति मावि क्वारेन्टाइन राजगढमा बसेका थिए । योसँगै बाह्रदशीमा ८ जना संक्रमित पुगेको बाह्रदशी १ का वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताए । झापा जिल्लामा कोरोना संक्रमितको संख्या भने २१८ पुगेको छ । यसैबीच कोरोना संक्रमणबाट निको भएर झापाका २८ जना आज घर फर्किएका छन् । योसहित निको भएर घर फर्किनेको संख्या १५९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्