इलाम, असार १२ । इलामको देउमाई नगरपालिका ४ मा बम बिष्फोट हुँदा एक युवा गम्भीर घाईते भएका छन् ।

प्रतिकात्मक तस्वीर

देउमाई नगरपालिका ४ का दिलबहादुर श्रेष्ठले द्वन्द्वकालका समयदेखि लुकाई राखेको सकेट बम गएराति उनका २५ बर्षीय छोरा मौसमले झिकेर खेलाउने क्रममा बिष्फोट भएको हो । बम बिष्फोट हुँदा मौसमका दुवै हातका औंला चँुडिएको इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी निरीक्षक राजकिशोर शाहले जानकारी दिए । मौसमको आँखामा पनि चोट लागेको छ ।
तत्कालीन बिद्रोही माओवादी र सेनाबीच स्थानीय देवी डाँडामा भीडन्त हुँदा छोडेको बम श्रेष्ठले भेटाएपछि घरमा लगेर लुकाई राखेको प्रहरी निरीक्षक शाहले जानकारी दिए । उनलाई बम भन्ने थाहा नहुँदा घटना भएको प्रहरीले जनाएको छ । घाईते मौसमलाई उपचारका लागि झापाको बीएण्डसी अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्