झापा, असार १२ । कोरोना भाइरसको महामारीका कारण बन्द रहेको भारतको पर्यटकीय क्षेत्र दार्जिलिङ आगामी सातादेखि खुल्ला गरिने भएको छ ।

जुलाई १ अर्थात आगामी बुधबारबाट पर्यटकका लागि दार्जिलिङ सुचारु गरिने भएको हो । होटलसँगै सबै पर्यटकीय क्षेत्रहरु खुल्ला गरिने भएको छ । कोरोना महामारीका बीच सुरक्षित रुपमा पर्यटन ब्यबसाय संचालन गरिने जीटीएले जनाएको छ । दार्जिलिङमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धेरैजना पर्यटन ब्यबसायमा आश्रित छन् । होटल ब्यबसायी, त्यसका कामदार ,ब्यापारी, टेक्सी चालक सबैको गुजारा अप्ठ्यारोमा परेकाले त्यसलाई मध्यनजर गरी पर्यटन ब्यबसायलाई सुचारु गर्न लागिएको जीटीएका उपनिर्देशक सुरज शर्माले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्