झापा , असार १२ । मुसलधारे वर्षासँगै आएको बाढीले पानीमा डुबेर एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

बाढीले बगाउँदा झापा शिवसताक्षीका ३ बर्षीय एक बालक र मोरङ गोविन्दपुरकी ५५ वर्षिया महिलाको ज्यान गएको हो । शिवसताक्षी ८ बस्ने मिलन बिष्टका ३ बर्षीय छोरा संयमको नालामा आएको बाढीले बगाएर ज्यान गएको हो । खेतको पानी नालामा निकास हुँदा पानीको सतह बढेको थियो ।घरका अन्य सदस्य खेतमा काम गर्न गएका बेला संयम हराएका थिए । खोजी गर्नेक्रममा घटनास्थलदेखि १ सय मिटर दक्षिण उनलाई गम्भिर अवस्थामा स्थानीय छिमेकीले उद्दार गरेका थिए । उपचारका लागि बिर्तामोडको बिएण्डसी अस्पताल पुर्याएलगतै चिकित्सकले मृत घोषणा गरेको स्थानीय मोहन सापकोटाले बताएका छन् । उता ,मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरकी ५५ बर्षीया मायादेवी शाहको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ । हिजो अपरान्ह साँढे ५ बजे बक्राहा खोला नजिकै गाइवस्तु चराईरहेकी शाहलाई अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएकी थिइन् । स्थानीयसमेतको सहयोगमा खोजी गर्ने क्रममा खोलाले बगाएको स्थानभन्दा लगभग ३ किलोमिटर दक्षिण खोलाको डिलमा आज बिहान मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्