बिर्तामोड , असार १३ । हल्दिबारी गाउँपालिकामा भएको घटनाको नेपाली कांग्रेसका नेता देउमान थेवेले कडा शब्दमा निन्दा र भर्त्सना गरेका छन् ।

बिर्तासिटी अस्पतालमा उपचाररत भीमराज लिम्बूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएपछि भने, “बहुमतको दम्भ र आडमा नेकपाले देशैभर जुन हर्कत देखाउँदै आएको छ,त्यो तानाशाही र अलोकतान्त्रिक गतिविधि हो , हल्दिबारी घटनामा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।” पार्टीको महासमिति सदस्य समेत रहेका थेवेले घटनालाई अबाञ्छित गतिविधि भनेका छन् ।जनताको प्रतिनिधित्व हुने गाउँसभामा जुन रबैया देखाइएको छ त्यस्ता प्रवृत्तिको बिरुद्ध नेपाली कांग्रेस सधैँ उभिने र यस्तो गतिविधिबाट सिर्जित द्वन्द्व तत्काल सच्याउन नेकपालाई आग्रह गरेका छन् । उनले नत्र परिणाम राम्रो नहुने चेतावनी दिएका छन् । घटनामा नेपाली कांग्रेस हल्दिबारी गाउँपालिका २ का वडा सभापति भिमराज लिम्बूसहित गंगाराम प्रसाईं लगायत घाइते छन् । नेता थेवेले सबैको स्वास्थ्य लाभको कामना समेत गरेका छन् । लिम्बूको दाहिने हातमा गम्भीर चोट लागेको छ । नशा काटिएकाले अपरेसनपछि मात्रै उनी डिस्चार्ज हुने जनाइएको छ । असार १० गते गाउँसभा चलिरहेका बेला बाटोको नामाकरणको विषयमा विवाद हुँदा झडप भएको थियो । त्यसमा राप्रपा— कांग्रेस र नेकपाबीच आरोपप्रत्यारोप जारी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्