बुधबारे असार १४ । क्रियाशील पत्रकारहरुको संगठन बुद्धशान्ति प्रेस क्लबले आज बुद्धशान्ति गाउँपालिकामा ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।

सञ्चारकर्मी तथा सञ्चार संस्थाका विषयमा गाउँपालिका गम्भीर नभएको, महत्वपूर्ण विषय र कार्यक्रममा सञ्चारकर्मीलाई बेवास्ता गरिएको भन्दै जनताका लागि सहज सूचनाको पहुँच मिलाउन माग राख्दै ध्यानाकर्षणपत्र बुझाइएको हो ।
बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष अनिल वाग्लेको नेतृत्वमा गएको टोलीले बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मिरा भुर्तेललाई ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको थियो ।
बुद्धशान्ति गाउँपालिकाका प्रत्येक सञ्चारमाध्यममा समानुपातिक लोक कल्याणकारी बिज्ञापन उपलब्ध गराउनु पर्ने, कम्तीमा प्रत्येक ३ महिनामा गाउँपालिकाका गतिविधिका बिषयमा पत्रकारसँग अन्तरक्रिया गर्नुपर्ने, जनताले हरेक कुराको सूचना पाउनु पर्ने र पत्रकारलाई महत्वमा राखेर सूचना प्रवाह गर्नेतर्फ पालिकाको गम्भीर ध्यानाकर्षण गराइएका अध्यक्ष वाग्लेले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्