शिवसताक्षी, असार १४ । तीन दिनदेखि परेको अविरल वर्षाका कारण कनकाई नदीमा आएको बाढीले पाँच घर विस्थापित भएका छन् ।

शिवसताक्षी नगरपालिका १० सुकुम्बासी टोलका देवलाल ऋषिदेव, भूपाल चौधरी, गीता ऋषिदेव, चिरन ऋषिदेव र कृष्ण दर्जीको परिवार विस्थापित भएका हुन् ।
विस्थापित भएसँगै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाका मन्त्री चन्द्र चँुडाल र कोषाध्यक्ष हेम खड्का, नेरेसो शिवसताक्षी उपशाखाका सचिव गोविन्द काफ्ले, जनप्रतिनिधि भाष्कर सिटौलाले विस्थापित परिवारलाई त्रिपाल २ थान, कम्बल २ थान, मेट्रेस २ थान, बाल्टिन १ थान र प्लाष्टिकका डोरी प्रदान गरेका छन् ।उनीहरुले प्रत्येक परिवारलाई बाढी पीडित क्षेत्रमा गई निरीक्षण गर्दै राहत प्रदान गरेका हुन् । विस्थापित परिवारलाई उचित स्थानको खोजी गरी स्थानान्तरण गरिने बताइएको छ । यसअघि नै बाढी पूर्वानुमान महाशाखाले कनकाई नदीमा बहाव बढ्ने र सतर्कका अपनाउन भन्दै सूचना सम्प्रेषित गरेको थियोे । सूचना सम्प्रेषित भएसंगै त्यस स्थानका बासिन्दाहरुलाई अलर्टमा रहन स्थानीय जनप्रतिनिधिहरुले जानकारी दिएको जनप्रतिनिधि भाष्कर सिटौलाले बताए ।
उक्त स्थानमा १० घर बाढीको उच्च जोखिममा रहेको नेरेसो शिवसताक्षी उपशाखाका सचिव गोविन्द काफ्लेले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्