झापा, असार १६ । कोरोना भाइरसका संक्रमितको संख्या बढ्ने क्रममा आज झापामा दुई महिलासहित पाँचजना संक्रमित थपिएका छन् ।

थपिने संक्रमितहरु कनकाई नगरपालिकाका दुई महिला र दुई पुरुष छन् भने मेचीनगरका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । कुवेतबाट घर फर्किएर आदर्श विद्या मन्दिर क्वारेन्टाइनमा बसेका कनकाई नगरपालिका ८ का दुई महिलामा कोरोना देखिएको हो । त्यस्तै उद्योग बाणिज्य संघको क्वारेन्टाइनमा बसेका दुई पुरुषमा संक्रमण देखिएको छ । वडानं १ र ५ का ती पुरुषहरु दुबई र ओमनबाट फर्केका हुन् । त्यस्तै मेचीनगरका एक ब्यक्तिमा पनि संक्रमण पुष्टि भएको छ । उनी भारतको हैदराबादबाट फर्केका हुन् ।मेचीनगर वडा नं १ को पबित्र माविको क्वारेन्टाइनमा रहेका वडा नं १ का २५ बर्षीय पुरुषमा कोरानाको संक्रमण पुष्टि भएको हो । सामाजिक विकास समिति मेचीनगर संयोजक नबिन बरालका अनुसार आज संक्रमण पुष्टि भएका युवक भारतको हैदरबादबाट असार ४ गते आएका हुन् । मेचीनगरमा मात्र संक्रमितको संख्या २० पुगेको छ । झापामा भने कोरोना संक्रमितको सँख्या २२९ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्