बिर्तामोड , असार १६ । ‘एकका लागि एक’ अभियानको अगुवाईमा झापामा स्थापना हुन लागेको पिसिआर परीक्षण प्रयोगशालाका लागि बिर्तामोड –५ मा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले ५१ हजार रुपैयाँ प्रदान गरेको छ ।

शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र राउतले एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेतलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।पछिल्लो समय झापामा कोरोना संक्रमितको संख्या बढिरहेकाले कोरोना भाइरसको संक्रमण परीक्षण गर्न ‘एकका लागि एक’ अभियानको अगुवाईमा नागरिकस्तरवाट झापामा स्थापना हुन लागेको प्रयोगशालाका लागि उक्त रकम प्रदान गरिएको संस्थाका अध्यक्ष राउतले बताए ।
उनले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको बताउँदै कोरोना भाइरसको संक्रमणबाट वच्न सरकारले जारी गरेको लकडाउनमा कोही पनि भोकै वस्नु नपरोस् भनेर बिर्तामोड नगरपालिकाको कोरोना कोषमा एक लाख ६१ हजार, अर्जुनधारा नगरपालिकालाई ५१ हजार , बाह्रदशी गाउँपालिकालाई ८८ हजार गरी तीन लाख रुपैयाँ प्रदान गरिएको जानकारी दिए ।कार्यक्रममा ‘एकका लागि एक’अभियानको साझेदार संस्था बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई , झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले पिसिआर परीक्षण प्रयोगशालाका लागि शिखर बचत तथा ऋण सहकारी संस्थाले गरेको सहयोगको प्रशंसा गरेका थिए ।त्यस्तै शिखर बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष ऐश्वर्या पाण्डे, सचिव हिमालय प्रसाईं, सहसचिव तारा खतिवडा, कोषाध्यक्ष विजय चापागाईं, लेखा समितिका संयोजक अर्जुन चापागाईं, सदस्यहरु किरण थापा, विज्ञान खड्का, मदन विश्वकर्मा, व्यवस्थापक लिलानाथ रेग्मीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्