बिर्तामोड , असार १७ । साहित्य चौतारी झापाले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नक्सामा समावेश गरी निशान छापमा समेटिएको भन्दै उक्त कार्यको स्वागत गरेको छ ।

साहित्य चौतारी झापाका अध्यक्ष टंक विकल्पको अध्यक्षता तथा साहित्य चौतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा वैठकमा सरकारले गरेको उक्त कार्यको स्वागत गरिएको हो । वैठकमा साहित्य चौतारी झापाका संस्थापक संरक्षक श्रेष्ठले भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको विधेयक पारित हुनु नेपाली जनताका लागि गर्वको विषय भएको बताए । कार्यक्रममा आगामी असार ३१ गते हुने साहित्य चौतारी झापाको २१औं वार्षिकोत्सब तथा २०७ औं भानु जयन्ती कोरोना भाइरसको संक्रमणबाट वच्न सरकारले जारी गरेको लकडाउनको अवस्थामा भानुभक्तीय रचना , साहित्यिक रचना, संगीत , गीत कला संस्कृति प्रस्तुत गरी मनाइने जानकारी दिइयो ।
कार्यक्रममा संस्थापक संरक्षक श्रेष्ठ र सल्लाहकार हस्त परियारले गीत प्रस्तुत गरेका थिए भने अध्यक्ष टंक काफ्ले विकल्प, सहसचिव खगिन्द्रा खुसी, सदस्य देवीचरण भण्डारी, साहित्यकार टीका भट्टराई नेपालले कविता तथा गजल प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन साहित्य चौतारी झापाका सचिव दिलिप घिमिरेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्