बिर्तामोड, असार १७ । झापाको कोटिहोमस्थित समर्पण भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनका लागि दाताहरुले सहयोग जारी राखेका छन् ।

बुधबार मात्र दाताहरुले एउटै कार्यक्रममा पाँच लाख ३६ हजार रुपैयाँ ल्याब स्थापनाका लागि प्रदान गरेका हुन् । एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई उनीहरुले नगद हस्तान्तरण गरेका थिए । बिर्तामोडको अतिथि सदनमा आयोजित कार्यक्रममा मेची पेट्रोलियम डिलर्स एसोसिएसनको तर्फबाट २ लाख ५१ हजार, बिर्तामोड–४ निवासी शिक्षासेवी गणेशप्रसाद खनाल र बुध खनाल दम्पत्तीबाट १ लाख ११ रुपैयाँ प्राप्त भएको हो ।

त्यस्तै, बिर्तामोड–१ सिरीजंगाचोकका क्याप्टेन जगनध्वज लिम्बू र कृष्णकुमारी लिम्बू दम्पत्तीबाट ५१ हजार, नेपाल पेट्रोलियम राष्ट्रिय एसोसिएसनबाट ५१ हजार, पूर्वाञ्चल ट्यांकर ढुवानी व्यवसायी संघबाट २१ हजार, बिर्तामोड–५ का चन्द्र कट्टेल र निरा कट्टेल दम्पत्तीबाट २१ हजार, बिर्तामोड मदरसा तालिमुलका अध्यक्ष अफरोज खानबाट २१ हजार र बिर्तामोड–१ का डिके गुरुङबाट १० हजार रुपैयाँ हस्तान्तरण भएको छ । रकम ग्रहण कार्यक्रममा अभियानको तर्फबाट संयोजक महेन्द्रकुमार गिरी, सहसंयोजक विनोद बस्नेत, सदस्यहरु मदनगोपाल सुब्बा, कुमार भट्टराई, ओमकृष्ण बिमली, हरि शर्मा, कुमारमणि पोखरेल, शिवकुमार कँडेल, गजेन्द्र पौडेल, सञ्जीव घिमिरे, निर्मल भट्टराईलगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण पत्रकार एकराज गिरीले गरेका थिए । अभियानमा हालसम्म देश विदेशका ७० संघसंस्था र १ हजार १ सय व्यक्तिबाट सहयोग प्राप्त भएको छ । अभियानले ल्याब स्थापनाका लागि ८० लाखभन्दा बढी रकम संकलन गरिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्