झापा, असार १७ । जग्गाको विषयमा विवाद हुँदा मेचीनगरमा एक ब्यक्तिले आफ्नै भाइलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।

आज साँझ मेचीनगर १५ भाँगागोला बस्ने ४० वर्षिय पुर्ण राजवंशीले आफ्नै सहोदर भाइ ३२ वर्षिय जनक राजवंशीलाई जग्गाको विषयमा विवाद हुंँदा खुकुरी प्रहार गरी घाईते बनाएका हुन् । घाइतेलाई उपचारको लागि बिर्ता सिटी हस्पिटल बिर्तामोड पठाईएको र खुकुरी प्रहार गर्ने पुर्ण राजवंशीलाई खुकुरीसहित इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्