झापा , असार १८ । कोरोना संक्रमण बढ्ने क्रममा आज झापामा एकजना संक्रमित थपिएका छन् ।

शिवसताक्षी नगरपालिका वडा नं ११ का ४२ वर्षिय एक पुरुषमा संक्रमण देखिएको हो । उनी भारतको दिल्लीबाट घर फर्केका हुन् । फर्किएर सतासी आधारभूत विद्यालय क्वारेन्टाइनमा बसेका थिए । यसअघि हिजो मात्र जिल्लामा २० जनामा संक्रमण देखिएको थियो । आजसम्म झापामा संक्रमितको संख्या २५० पुगेको छ । देशभरि आज थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये २८ जना काठमाडौं जिल्लाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ । आज नै भक्तपुर र ललितपुरमा पनि २–२ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्