झापा ,असार १९ ।सताधारीकोे विरोधमा विपक्षीले सडक संघर्ष गर्ने हो । तर, यतिबेला दुईतिहाईको सरकार रहेको नेपाल कम्युनिष्ट पार्टी आफ्नै विरुद्धमा सडकमा उत्रिएको छ । त्यो पनि प्रधानमन्त्रीको कुर्सी ढाल्ने र जोगाउनैका लागि ।

बिर्तामोडको विरोधसभा

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई हटाउनुपर्ने भन्दै एक पक्ष आन्दोलनमा छ भने अर्को पक्ष उनैलाई निरन्तरता दिनुपर्ने भन्दै सडकमा उत्रिएको छ । पार्टीभित्रको आन्तरिक किचलो अब सडकमा देखिन थालेपछि सर्वसाधारण रमिते बनेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, शीर्ष नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायतको पार्टीको ठूलो समूह ओलीलाई हटाएरै छोड्ने गरी कसरतमा लागेपछि प्रधानमन्त्री ओली स्वयंले पनि अब आफ्ना समर्थकहरुलाई सडकमा उतार्न थालेका हुन् । राजधानी काठमाण्डौलगायतका ठाउँमा केही ओली समर्थकहरु प्रधानमन्त्रीको कुर्सीको रक्षाको लागि सडकमा देखिन थालेका छन् ।

राजधानीको जुलुस

यसक्रममा राजधानीमा प्रधानमन्त्री ओलीको समर्थनमा केही युवाहरुले जुलुस निकाले । युवाहरुले प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा राम्रो काम गरेको भन्दै समर्थनमा जुलुस निकालेका थिए । यता ओलीको गृह जिल्ला झापामा उनका समर्थक कार्यकर्ताहरुले खबरदारी सभा गरेका छन् । बिर्तामोडको मुक्तिचोकमा हिजो भेला भएका कार्यकर्ताहरुले ओली विरोधीहरुलाई खबरदारी गरेका छन् ।कार्यक्रममा प्रेस संगठनका नेपालका प्रदेश १ सहसंयोजक गणेश पोखरेल र पार्टीका जिल्ला नेता टीकाराम मंग्रातीले ओलीको विपक्षमा लाग्ने आफ्नै नेताहरुको तीब्र बिरोध गरे । कार्यक्रममा ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई,े, विदेशी दलाल मुर्दावाद,’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्