दमक, असार १९ । झापाको दमकमा आज एक कार्यक्रमकाबीच रेडियो किंगको उद्घाटन गरिएको छ ।

किंग मिडिया ग्रुपबाट संचालन गरिएको सो रेडियोको प्रदेश नम्बर १ का आन्तरिक मामिला, कानून तथा संचारमन्त्री हिकमत कार्कीले उद्घाटन गरेका हुन् ।उनले मास्टर कन्ट्रोल रुमबाट राष्ट्रिय गान प्ले गरेर रेडियोको उद्घाटन गरेका थिए । किंग मिडियाका अध्यक्ष डा. नविन चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य दीपक कार्की, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, पाथीभरा एफ.एम.का प्रबन्ध निर्देशक राजेन्द्र चौलागाई, इलाका प्रशासन कार्यालय दमकका प्रमुख कृष्णप्रसाद आचार्य लगायतले शुभकामना व्यक्त गरेका थिए । रेडियो एक हजार वाट क्षमताको भएको र पूर्वका जिल्लाहरुसँगै भारतको सिक्किमसम्म सुनिने बताइएको छ । कार्यक्रममा रेडियोका अर्का संचालक काशी थपलियाले स्वागत मन्तव्य राखेका थिए । रेडियोमा संविधान सभाका सदस्य दीपक कार्की, डा. नविन चापागाई, काशी थपलिया र विमल शर्माको लगानी रहेको छ । कार्यक्रम मदन भट्टराईले संचालन गरेका थिए । दमकमा पाथीभरा एफएम, सप्तरंगी एफएम संचालित छन् । त्यसबाहेक अरु पनि रेडियो खुल्दै बन्द हुँदै गएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्