झापा, असार १९ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)ले थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाबाट काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको असार १७ गते मृत्यु भएको थियो। उनलाई कोरोना पोजिटिभ देखिएको गौतमले जानकारी दिए। हालसम्म नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको छ।त्यस्तै कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ । शुक्रबार मात्र ७४० जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार २५९ पुगेको हो। गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार १४३ पुगेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्