झापा, असार २० । नेपालबाट भारततर्फ सुपारी तस्कर हुने क्रम फेरि बढेको छ ।

लकडाउनमा चोरी तस्करी नियन्त्रण भएपनि लकडाउनमा खुकुलो बनाएसँगै अबैध धन्दा फेरि मौलाएको हो । हिजो साँझ मेची नगरपालिका वडा नं. ४ आलडाँगीमा नेपालबाट भारततर्फ लैजान अबैध रुपमा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले ३६ बोरा सुपारी बरामद गरेको छ । बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय , इलाका प्रहरी कार्यालय काँकडभिट्टा र प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको संयुक्त प्रहरी टोलीले तीन लाख चौबिस हजार मूल्य पर्ने १०८० के.जी सुपारी बरामद गरेको जनाइएको छ । यसअघि सोही सिमावर्ती क्षेत्रमा १८ बोरा सुपारी प्रहरीले बरामद गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्