झापा, असार २० । झापामा आज थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा कचनकवल गाउँपालिकाका ४ र कनकाई नगरपालिकाका एकजना रहेका छन् ।

उनीहरु भारत, कुवेत र साउदी अरबबाट घर फर्केका थिए । कनकाई नगरपालिका वडा नं ८ का २९ वर्षिय पुरुषमा आज संक्रमण पुष्टि भएको हो । उनी साउदीबाट फर्केका हुन् । त्यस्तै कचनकवल ४ का दुई , वडा नं ७ र ४ का एक–एक जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जनाएका छन् । योसँगै कचनकवलमा संक्रमितको सँख्या १३१ र झापामा १८३ पुगेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार चार सय ९१ पुगेको छ। आज मात्र दुई सय ३२ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार चार सय ९१ पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार चार सय १५ पुगेको छ। पछिल्लो २४ घण्टामा २७२ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ३३ हजार एक सय २५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ४२ जनाको उपचार भइराखेको छ ।पछिल्लो २४ घण्टामा २३ प्रयोगशाला चार हजार ५० नमुनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ ।मन्त्रालयका अनुसार हालसम्म पिसिआर विधिबाट दुई लाख ४२ हजार दुई सय ४७ र आरडीटी विधिबाट तीन लाख १० हजार तीन सय जनाको नमूना परीक्षण भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्