दमक, असार २० । रतुवा खोलामा आएको बाढीले बगाएर झापाको कमल गाउँपालिकामा आज दिउँँसो एक जना युवाको मृत्यु भएको छ ।

खोलामा बाढी आएको वखत दाउरा संकलन गर्न गएका कमल गाउँपालिका ५ चाँजु टुक्रेका ३४ बर्षिय पुष्प राईको खोलाले वगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
घर नजिकैको चाँजु र रतुवा खोलाको दोभानमा दाउरा खोज्न गएका राईलाई खोलामा आएको बाढीले बगाएको थियो । घटनास्थलदेखि केहिपर ७ सय दक्षिण राईको शव मृत अवस्थामा फेला परेको डिएसपी विजयराज पण्डितले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्