मेचीनगर, असार २० । रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल— भुटानअन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाको ११ औँ पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ ।

क्लबका पास्ट प्रेसिडेन्ट मोहन निरौला र सन् २०२०—२०२१ का अध्यक्ष कृष्णकान्त खनियाँले संयुक्तरुपमा अध्यक्षता गरेको कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख एवम् क्लबका सदस्य रोटरियन विमल आचार्यले गरेका थिए ।
कार्यक्रममा वर्ष २०१९—२०२० का अध्यक्ष मोहन निरौलाले वर्ष २०२०—२०२१ का अध्यक्ष कृष्णकान्त खनियालाइ पद हस्तान्तरण गरेका हुन् । दुई चरणमा सम्पन्न कार्यक्रममा क्लबका सन् २०२०—२०२१ का अध्यक्ष खनियालाई २०२०—२०२१ का एजी असिस्टेन्ट गभर्नर नवीन श्रेष्ठले पद तथा गोपनियताको सपथ गराएका थिए । त्यसलगत्तै अध्यक्ष खनियाले अन्य पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराए ।
सन् २०२०—२०२१ का लागि मोहन निरौला इमिडेट पास्ट प्रेसिडेन्ट, रोहितकुमार बुढाथोकी प्रेसिडेन्ट इलेक्ट, सुजन प्रधान प्रेसिडेन्ट नोमिनि, भाइस प्रेसिडेन्ट डाक्टर आनन्दराज खनाल ,भाइस प्रेसिडेन्ट तथा सर्भिस प्रोजेक्ट चेयरमा इञ्जिनियर रुद्र मैनाली रहेका छन् । उदयकुमार श्रेष्ठ सेक्रेटरी, विवेक श्रेष्ठ जोइन्ट सेक्रेटरी, युवराज भट्टराईले कोषाध्यक्ष पदको जिम्मेवारी प्राप्त गरेका छन् ।
यसैगरी, पब्लिक रिलेशन चेयरमा कमल थापा ,रोटरी फाउण्डेशन चेयरमा राधिका गुरुङ, सरजेन्ट एण्ड आम्स विजया तामाङ, युथ सर्भिसमा दिपेन्द्रराज पाण्डे चेयर टचमा शरद खनाल, चेयर क्लव एडमिनिष्ट्रेशनमा राजु महर्जन, क्लब एडभाइजरमा गोपाल तामाङ, क्लब ट्रेनरमा दिलीप सुवेदी, क्लब मेनटोरमा अशोककुमार श्रेष्ठ, रोट्रयाक मेनटोरमा पेमा तामाङ, मेम्बरसीप कमिटीमा कृष्णराज पौडेल तथा वेभ मास्टरको भूमिकामा मुना प्रधानले जिम्मेवारी पाएका छन् । यसैगरी पत्रकार लक्ष्मी उप्रेतीले क्लबको मिडिया कोर्डिनेटरको भूमिका प्राप्त गरेका छन् ।रोहितकुमार बुढाथोकी प्रेसिडेन्ट इलेक्टले स्वागत गरेको कार्यक्रममा मोहन निरौला इमिडेट पास्ट प्रेसिडेन्टले आफ्नो कार्यकालमा भएगरेका कामको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । क्लबका सन् २०२०—२०२१ का अध्यक्ष कृष्णकान्त खनियाले आफ्नो कार्यकालमा गरिने भावी योजना प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्