एजेन्सी । पाकिस्तानबाट प्रकाशित हुने उर्दू समाचारपत्रमा यो साता कोरोनाबाहेक कराची स्टक एक्सचेन्जमा भएको हमलासँग सम्बन्धित समाचार चर्चामा रह्यो ।

प्रधानमन्त्री इमरान खानले सो हमलाका लागि भारतलाई जिम्मेवार ठहर्याएका छन् । गत सोमवार पाकिस्तानको सबैभन्दा ठूलो शहर कराचीमा रहेको स्टक एक्सचेन्जको भवनमा चार बन्दुकधारीले हमला गरेका थिए । सुरक्षाकर्मीले हमलालाई असफल बनाइदिए । तर, त्यसमा चार बन्दुकधारी समेत दुई सुरक्षागार्ड र एक प्रहरी सबइन्स्पेक्टर मारिएका थिए । पाकिस्तानको बलूचिस्तानमा सक्रिय विद्रोही गुट बलूचिस्तान लिबरेशन आर्मी (बीएलए) ले हमलाको जिम्मेवारी लिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्