झापा , असार २४ ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अन्त्यमा मंगलबार कोरोनाभाइरसको संक्रमण हावाबाट फैलने प्रमाणलाई स्विकारेको छ ।

 यसअघि वैज्ञानिकको एक समूहले डब्ल्यूएचओलाई खुल्ला पत्र लेखेर आफ्नो मापदण्डमा परिवर्तन गर्न अपिल गरेको थियो ।यसबारे विश्व स्वास्थ्य संगठनकी बेनेदेत्ता आल्लेग्रांजीले कोरोनाभाइरस हावाबाट पनि फैलने प्रमाण त भेटिएको छ तर अहिले नै यो किटान गरेर भन्न नसकिने बताए ।उनले भने, ‘सार्वजनिक स्थानमा, विशेषगरी भीडभाडयुक्त, कम हावा भएको र बन्द कोठामा हावामार्फत् भाइरस फैलने आशंकालाई अस्विकार गर्न सकिँदैन । यद्यपि, यी प्रमाण संकलन गर्न र बुझ्न आवश्यक छ । हामी यो काम जारी राख्नेछौं । ’

धेरै कुरा बदलिनेछ

यसअघि विश्व स्वास्थ्य संगठनले सार्स–कोभिड–२ (कोरोना) भाइरस मुख्य रुपमा संक्रमित व्यक्तिको नाक र मुखबाट निस्कने सुक्ष्म छ्टिटाको माध्यमले फैलने गर्ने बताउँदै आएको थियो ।डब्ल्यूएचओले मानिसहरुले कम्तीमा ३.३ फुटको दुरी हुँदा कोरोनाभाइरस संक्रमणको रोकथाम सम्भव भएको बताउँदै आएको थियो । तर अब यदि हावामार्फत् भाइरस फैलने कुरा प्रमाणित भएको खण्डमा ३.३ फुटको दुरी र सामाजिक दुरीको नियममा परिवर्तन गर्न आवश्यक छ ।वान केरखोवले भोलिका दिनमा डब्ल्यूअचओले यसबारे आफ्नो जानकारी जारी राख्ने बताएका छन् ।उनले भने, ‘भाइरसको संक्रमण रोक्नका लागि ठूलो स्तरमा रोकथामको आवश्यकता छ । यसमा सामाजिक दुरी मात्रै नभई मास्कको प्रयोग र अन्य नियम पनि समावेश छन् ।’क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा सोमबार प्रकाशित भएको खुल्ला पत्रमा ३२ देशका २३९ वैज्ञानिकले यो हावामा पनि रहन सक्ने ‘फ्लोटिङ भाइरस’ हो भनेर प्रमाण दिएका थिए । फ्लोटिङ भाइरसले सास फेर्दा पनि संक्रमण गर्न सक्छ ।स्रोतः बीबीसी

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्