जिपि फाउण्डेसन झापाको आयोजनामा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा विकृत बन्दै गएको नेपाली राजनीतिक अवस्थाबारे बक्ताहरूले चर्चा गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभापति समेत रहेका कोइरालाले नेपाली समाज परिवर्तनका लागि दिएको योगदानको चर्चा गर्दै पुराना काँग्रेस नेता पूर्णानन्द शर्माले राणाकालदेखि निरङ्कुश राजतन्त्रसम्मको अधिनायकवाद अन्त्यका लागि कोइरालाले पुर्याएको साहसपूर्ण योगदान अविस्मरणीय रहेको चर्चा गरे । शर्माले कोइरालाको व्यक्तित्व अन्तर्राष्ट्रिय जगतमा समेत उच्च रहनुको कारण निडरता र जनचाहना अनुसारको राजनैतिक व्यवस्था परिवर्तनको नेतृत्व गर्ने कौशलता भएको बताउँदै वर्तमान सरकारको नेतृत्वले बोली अनुसार काम गर्न नसक्दा देश र जनता निरास हुने अवस्था आएको बताए ।
फाउण्डेशन झापाका सभापति बुद्धिराज न्यौपानेको अध्यक्षता तथा नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस झापाका प्रवक्ता लोकराज ढकाल, सचिव प्रेम सम्वाहाम्फे, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, महिला संघ झापाकी सभापति शुशिला ढकाल, प्रेस युनियन झापाकी सभापति इन्दु पूर्वेली लगायतले धारणा राख्दै शान्ति र सद्भावको माध्यमबाट संघीयतासहितको लोकतान्त्रिक गणतन्त्र स्थापनामा स्वर्गीय कोइरालाले पुर्याएको योगदान अविस्मरणीय रहेको चर्चा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्