झापा, असार २४ । गृह मन्त्रालयद्वारा घरबाहिर निस्कँदा अनिवार्य माक्स लगाउनु पर्ने सूचना जारी गरेपछि झापामा माक्स लगाउन नमान्नेबिरूद्ध प्रहरी कडा रूपमा प्रस्तुत भएको छ ।

गृह मन्त्रालयले सोमबारदेखि माक्स नलगाई घर बाहिर निस्किएमा मातहतका निकायलाई कारवाही गर्न निर्देशन दिएसंगै विहानैदेखि झापाका विभिन्न ठाउँमा प्रहरीले माक्स नलगाई हिड्नेलाई रोकेर माक्स लगाउन बाध्य बनाएको हो ।
प्रहरीले पूर्व पश्चिम सडकदेखि विभिन्न भित्री सडकसम्म सवारी साधनमा सवार तथा पैदल यात्रीलाई समेत रोकेर माक्सको महत्वबारे जानकारी गराउँदै कोरोना भाइरसबाट बच्न माक्स अनिवार्य रूपमा लगाएर हिड्न आग्रह गरिरहेको छ । पहिलो पटक सम्झाउने त्यसपछि पनि अटेर गरे दण्ड जरिवाना तिराउने नीतिमा प्रहरी प्रशासन लागेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्