बिर्तामोड, असार २४ । सहारा नेपाल साकोसले जीवन वरदान कार्यक्रमअन्तर्गत भद्रपुरका नरेन्द्रकुमार आचार्यलाई १० लाख २५ हजार २४२ रुपैयाँ उपलब्ध गराएको छ ।

फोक्सोको समस्याका कारण भद्रपुर ७ का ४३ वर्षीय आचार्यको काठमाडौँको ग्रान्डी अस्पतालमा उपचार भएको थियो । सहाराले आफ्नो कार्यक्रमअन्तर्गत उनलाई उपचार खर्चबापत सो रकम दिएको कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए ।
सहाराले आफ्ना सेयर सदस्य गम्भीर वा सामान्य बिरामी भई उपचार गर्नुपरे त्यसबापत केही रकम प्रदान गर्दै आएको छ । इन्फ्लुएन्जा ए नामक रोगबाट ग्रसित आचार्यको ५२ दिनसम्म ग्रान्डीमा उपचार भएको थियो । उनको उपचारमा ३३ लाख रुपैयाँ खर्च भएको थियो । बुधबार सहाराको केन्द्रीय कार्यालायमा कार्यकारी निर्देशक गिरी र वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले आचार्य दम्पत्तीलाई चेक हस्तान्तरण गरेका थिए । आचार्यलाई यसअघि पनि मृगौलाको पत्थरीको शल्यक्रिया खर्चबापत ८८ हजार ७२३ रुपैयाँ सहाराले उपलब्ध गराएको थियो ।
यसैबीच, जीवन वरदान कार्यक्रमका संयोजक भक्तबहादुर खड्काका अनुसार सहाराले यो कार्यक्रमबापत हालसम्म आठ करोड ४४ लाख ४६ हजार २६१ रुपैयाँ खर्च गरेको छ । कार्यक्रमका २० हजार सदस्यमध्ये तीन हजार ५१ जनाले यो सुविधा प्राप्त गरेको खड्काले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्