एजेन्सी ।बलिउडका वरिष्ठ अभिनेता एवं चर्चित कमेडियन जगदीपको निधन भएको छ ।

उनले हिजो साँझ मुम्बईस्थित आफ्नो घरमा अन्तिम सास लिएका हुन् ।उनी ८१ वर्षका थिए । जगदीप क्यान्सरबाट पीडित थिए । त्योसँगै बुढेसकालको समस्याबाट पनि लडिरहेका थिए । उनको पारिवारिक मित्र प्रोड्यूसर महमूद अलीले जगदीपको निधन बुधवार राति साढे आठ बजे भएको र और आज बिहान ११ बजे उनको अन्तिम संस्कार गरिने जानकारी दिए । जगदीपको निधनले बलिउडमा शोक छाएको छ । जगदीपले करीव ४०० फिल्ममा काम गरेका थिए ।. उनको वास्तविक नाम सैयद इश्तियाक अहमद जाफरी थियो । उनको जन्म २९ मार्च, १९३९मा भएको थियो । चर्चित अभिनेता जावेद जाफरी र नावेद जाफरी उनका छोरा हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्