शिवगञ्ज , असार २६ । झापाको शिवसताक्षी नगरपालिका ६ नं वडा कार्यालयले सात दलित परिवारलाई सिलाई मेसिन हस्तान्तरण गरेको छ ।

व्यावसायिक, स्वावलम्बी र आत्मनिर्भर बनाउन वार्षिक कार्यक्रम अन्तरगत मेसिन हस्तान्तरण गरिएको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए । वडा कार्यालयमा आयोजित कार्यक्रममा बिर्खबहादुर सुन्दास, गणेश बर्देवा, मानबहादुर दर्नाल, अनिता दर्नाल,आसमाया पराजुली र शाक्यबहादुर डोलीको परिवारलाई सिलाइ मेसिन हस्तान्तरण गरिएको हो । कार्यक्रममा वडासदस्यहरु लक्ष्मीप्रसाद गुरागाईं, बद्रीनाथ खनाल, उषा केसी , नरमाया परियारको सहभागिता थियोे । वडा कार्यालयले वडाभित्रका नागरिकलाई जीविकोपार्जन गरी व्यावसायिक दक्षता हासिल गर्न र पुराना व्यवसाय प्रबद्र्धनमा ध्यान केन्द्रित गरेको वडाध्यक्ष खुलालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्