झापा, असार २६ । भारी वर्षासँगै बिहीबार मध्यरातमा गएको पहिरोमा पुरिँदा लमजुङ सदरमुकाम बेसीशहरका एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

अन्य तीन जना घाइते भएका छन् ।बेसीशहर नगरपालिका–७, सातविसेस्थित दिपक तामाङको परिवार पहिरोमा पुरिएका हुन्। राती ११ बजेको समयमा पहिरोले घर पुर्दा ३० वर्षीय दिपक तामाङ, उनको श्रीमती २५ वर्षीया विमाया तामाङ र नौ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिए। पहिरोले पुरिएको केही समयमा नै स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको थियो। प्रहरीका अनुसार क्होलासोँथार गाउँपालिका–१ बगुममा गएको पहिरोमा परेर एकै परिवारका दुईजना घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पहिरोले बेंसीसहर चामे सडकसँगै स्थानीय सडकहरु क्षतिग्रस्त बनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्