बिर्तामोड (प्रस) इलाका प्रहरी कार्यालय दमकले प्रतिबन्धित लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिहिवार राती २ जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका –३ घर भई हाल दमक– १मा बस्दै आएका २२ बर्षीय दिपेन लिम्बु र माङसेबुङ– ३ घर भएका १६ बर्षीय रोहन राई रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ४९.१ ग्राम लागुऔषध ब्राउन सुगर र ५२ हजार ६ सय ५ रुपैयाँ नगदसमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । उक्त लागुऔषध लकडाउन यताकै सबैभन्दा ठूलो परिमाण रहेको पण्डितले जानकारी दिए । पक्राउ परेका दुवै जनामाथि इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्