दमक,असार २६ । गोठाला जाँदा भिरबाट लडेर मेरुदण्डको हडी भाचिएर घाइते भएकी सरस्वती श्रेष्ठलाई दमकको सामाजिक अभियन्ता सम्झना तामाङ र महिमा लिम्बूको टिमले ५२ हजार रुपैयाँ र सर्जिकल सामान सहयोग गरेको छ ।

पाँचथरको हाङगुम घर भइ उपचारको क्रममा उर्लाबारीमा दिदी–भेनाको घरमा बस्दै आएकी १६ वर्षीया श्रेष्ठलाई स्वदेश तथा विदेशबाट आएको सहयोग हस्तान्तरण गरिएको हो । सामाजिक अभियन्ता तामाङको टोलीले शुक्रबार विरामीको घरमा पुगेर नगद तथा सर्जिकल सामग्री हस्तान्तरण गरेको हो । बिरामी सरस्वतीले सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यवाद दिँदै आफ्नो उपचारका लागि देशविदेशमा रहेका दाजुभाइ दिदीबहिनीलाई आग्रह गरिन् । ४वर्षअघि गोठाला जाँदा भिरबाट लडेर मेरुदण्डको हडी भाचिएको हो । बिरामी सरस्वतीको घरमा पुगेर थप उपचारका लागि सहयोग गर्न सामाजिक अभियन्ता सम्झनाको टोलीले केही दिनअघि भिडियो प्रत्यक्ष प्रसारण गरेको थियो । सरस्वतीको घरायसी अवस्था नाजुक भइ उनका बुवाआमाले दैनिक जनमन गरेर परिवारको गुजारा चलाउने गरेको अभियानमा सहभागी सञ्चारकर्मी समेत रहेकी लिम्बूले बताइन् । बिरामीको स्याहार सुसार गरिरहेकी दिदी जमुना श्रेष्ठले बिराटनगरको नोवेल हस्पिटलसम्म पु¥याएर उपचार गर्दा २० लाख रुपैयाँ सकिएको र ऋण लागेको गुनासो गरिन् । सरस्वतीको उपचार सफल हुन २५–३० लाख रुपैयाँ लाग्ने भएको जमुनाले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्