झापा, असार २७ । देशभर आएको बाढी, पहिरो र डुबानका कारण विभिन्न जिल्लामा भएको जनधनको क्षति र पीडितको जीवन कष्टकर बन्दै गएकोप्रति काँग्रेसले दुःख व्यक्त गरेको छ ।

काँग्रेसका सभापति शेरबहादुर देउवाका तर्फबाट पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर प्राकृतिक विपद्को यस घटनाप्रति दुःख व्यक्त गर्दै अहिलेको संवेदनशील घडीमा प्रभावितको जीवन रक्षा, उद्धार र राहतलाई प्रभावकारी बनाउनका लागि छिटोभन्दा छिटो उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न सरकारसँग आग्रह गरेका छन्।
कांग्रेसले प्रभावित क्षेत्रका काँग्रेसका स्थानीय पार्टी निकाय तथा भ्रातृ एवं शुभेच्छुक संघसंस्थालाई पीडित परिवारलाई तत्काल उद्धार र राहतमा आवश्यक सहयोग पुर्याउन निर्देशन दिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै भनेका छन् ।

केही दिनदेखि अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी कास्कीमा सातको मृत्यु र ११ घाइते, लमजुङमा तीनको मृत्यु र चार घाइते, सिन्धुपाल्चोकमा दुईको मृत्यु र २१ बेपत्ता तथा म्याग्दीमा ३२ जना बेपत्ता भएका छन् ।
यसैगरी कैयौँ नागरिक बासस्थानबाट विस्थापित भएको तथा कैयौँ स्थानमा बाढीपहिरोका कारण सडक यातायात अवरुद्ध भई नागरिकले कठिनाइ व्यहोर्नु परेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्