झापा ,असार २७ । सप्तकोशी नदीमा आएको बाढीले उच्च जोखिमको तह पार गरेको छ । ब्यारेजका ५६ मध्ये ४० वटा ढोका खोलिएका छन् ।

अहिले पनि कोशीको सहायक नदी, माथिल्लो तटीय र ब्यारेज क्षेत्रमा अविरल वर्षा भइरहेको छ । आज बिहान ८ बजे गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव २ लाख ७५ हजार क्युसेक पुगेको थियो । पानीको सतह निरन्तर बढिरहेको र खतराको उच्च तहमा पुगेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्