झापा, असार २७ । बिरीङ खोलाले बगाउँदा एक व्यक्ति बेपत्ता भएका छन् ।

झापा गाउँपालिका ५ स्थित बिरीङ खोलाले बगाउँदा स्थानीय ३५ वर्षिय राजेश गणेश बेपत्ता भएका हुन् । आज दिउँसो २.३० बजेतिर मलामी जाँदा पौडी खेल्ने क्रममा उनलाई बाढीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । प्रहरी चौकी शरणामतीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले खोजतलास जारी राखेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रहेका प्रहरी नायव उपरीक्षक राकेश थापाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्