झापा, असार २७ । बिरीङ खोलाले बगाउँदा एक व्यक्तिको मृत्यु भएको छ ।

झापा गाउँपालिका ५ स्थित बिरीङ खोलाले बगाउँदा स्थानीय ३५ वर्षिय राजेश गण्ोशको मृत्यु भएको हो । आज दिउँसो २.३० बजेतिर मलामी जाँदा पौडी खेल्ने क्रममा उनलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो । प्रहरी चौकी शरणामतीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले खोजतलास गर्दा गाउँलेको सहयोगमा साँझपख उनको लाश फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रहेका प्रहरी नायव उपरीक्षक राकेश थापाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्