एजेन्सी । बलिउड अभिनेता अमिताभ र उनका छोरा अभिषेख बच्चनलाई कोरोना संक्रमण भएको छ ।

बिबिसीका अनुसार उनलाई शनिबार राति मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ । अमिताभसँगै अभिषेख पनि अस्पताल भर्ना भएका छन् । महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपेले अमिताभ बच्चन र अभिषेक बच्चनलाई एन्टीजेन टेस्ट गरिएकोमा दुवैको रिपोर्ट पोजिटिभ आएको बताए । उनको परिवारका अन्य सदस्य जया बच्चन र ऐश्वर्या राय बच्चनलाई पनि कोरोना टेस्ट गरिएको छ । उनीहरुको रिपोर्ट आज आउने भएको छ । अमिताभ बच्चनले आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी ट्वीटमार्फत् दिएका छन्। उनले भनेका छन्, ’मेरो कोभिड—१९ परीक्षण पोजेटिभ आएको छ । म अस्पताल भर्ना भएको छु । परिवारका बाँकी सदस्यको र कर्मचारीहरूको पनि कोरोना परीक्षण भएको छ। उनीहरूको नतिजा आउन बाँकी छ ।’
अमिताभले आफ्नो ट्वीटमा यो पनि भनेका छन्, ’पछिल्ला दस दिनमा जो मेरो सम्पर्कमा आएको हुनुहुन्छ, उहाँहरूले आफ्नो कोरोना भाइरस परीक्षण गराउनुहोला।’ ७७ वर्षीय अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएको खबरसँगै बलिउडका कलाकारहरू र प्रशंसकहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्