महाभारा, असार २८ । कनकाई नदीमा आएको बाढीले गौरीगञ्ज गाउँपालिका १ होकलबारीका ४५ परिवार विस्थापित बनेका छन् ।

विस्थापितहरुलाई उद्धार गर्ने प्रयास जारी रहेको छ । इलाका प्रहरी कार्यालय झिलझिले, प्रहरी चौकी कुन्जीबारी र १ नं प्रदेश विपद् व्यवस्थापन गुल्म चन्द्रगढीबाट गएको टोलीले उद्धार गरिरहेको हो । उनीहरुलाई उद्धार गरी स्थानीय इन्द्रेणी प्राविमा ल्याएर राखिएको गौरीगञ्ज १ का वडा सदस्य राजभक्त सुनुवारले बताए ।उनले बाढीपीडितहरुलाई सामान्य राहत वितरण गरिएको जानकारी दिए । कनकाईको बाढीले हिजो तीन परिवार विस्थापित बनेका थिए । लगातारको वर्षाका कारण पानीको सतह बढ्दै गएपछि सिंगो गाउँ नै विस्थापित बनेको वडा सदस्य सुनुवारले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्