दमक, असार २८ । नागरिकस्तरबाट कोरोना परीक्षणका लागि झापामा ल्याब स्थापना गर्न एकका लागि एक अभियानलाई झापाको दमकबाट आज एकैदिन ६ लाख बढी रकम सहयोग जुटेको छ ।
आज दमकमा रहेका सहकारी संस्थाहरुले एक कार्यक्रमको आयोजना गरि अभियानका लागि एकमुष्ठ ६ लाख ५० हजार ६ सय ४४ रुपैयाँ उपलब्ध गराएका हुन् ।
अभियानका लागि नवोदय सहकारी संस्थाले १ लाख ११ हजार १ सय ११ , मेची सहकारी संस्थाले १ लाख २ हजार २ सय ११ , पूर्व नेपाल सहकारीले १ लाख २ हजार , सुर्यदर्शन सहकारीले १ लाख १ हजार, दर्पण सहकारीले ५१ हजार ५ सय , डाँफे सहकारीले ५१ हजार , नवदुर्गा, हिमाञ्चल, सुर्यमुखी र दमक बुहुमुखी सहकारीले २५–२५ हजार रुपैयाँ सहयोग उपलव्ध गराएका थिए ।
त्यस्तै दमकमा सामाजिक अगुवा नन्दिकेशर अधिकारीले व्यक्तिगत रुपमा २१ हजार १ सय र सन्तोष श्रेष्ठले ११ हजार १ सय ११ रुपैयाँ गरी कुल ६ लाख ५० हजार ६ सय ४४ रुपैयाँ अभियानलाई प्रदान गरेका छन् ।