बिर्तामोड ,असार २९ । उद्यमशिलतातर्फ उत्प्रेरित गर्दै अघि बढ्न प्रोत्साहित गर्ने उद्देश्यले झापाको बिर्तामोडमा एकदिने नेतृत्व विकास तथा क्षमता अभिबृद्धिसम्बन्धी तालिम सम्पन्न भएको छ ।

महिला चेम्बर अफ कर्मशको आयोजना तथा प्रदेश सांसद एकराज कार्कीको सांसद विकास कोषको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटनका क्रममा सांसद कार्कीले निडर र स्वाभिमानी हुनका लागि पहिले आत्मनिर्भर हुन आवश्यक रहेको बताउँदै महिलालाई आयमुलक काम गर्न सुझाए । सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै सांसद कार्कीले आयमुलक कार्यका लागि आफ्नो सहयोग रहने आश्वासन दिए ।
महिला चेम्बर अफ कमर्शका अध्यक्ष प्रेमा भट्टराईको अध्यक्षता तथा सांसद कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अतिथिहरु चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराई, बिर्तामोड नगरपालिका कार्यपालिका सदस्य भावना आचार्य घिमिरे, महिला उद्यमी संघ नेपाल झापाका अध्यक्ष गोमा भट्टराई, नेपाल उद्यमशील महिला संघ झापाका अध्यक्ष पार्वता खरेल विमली लगायतले मन्तव्य राखेका थिए निरा उप्रेती ओलीले स्वागत र महासचिव शर्मिला शाक्यले सञ्चालन गरेको कार्यक्रमको सहजीकरण पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष भीमा शिवाकोटीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्