झापा ,असार २९ । लगातारको वर्षापछि विभिन्न खोलामा आएको बाढीका कारण झापामा १३६ परिवार विस्थापित बनेको रेडक्रसले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सो विवरण निकालेको हो । विवरण अनुसार शिवसताक्षी नगरपालिकाको वडा नं १० सुकुम्बासी बस्तीमा कनकाई नदीको बाढीले ५ परिवारका २२ जना विस्थापित भएका छन् । त्यस्तै गौरीगञ्ज गाउँपालिका वडा नं १ होकलबारीका ११ परिवारका ५२ जना कनकाई नदीकै बाढीबाट विस्थापित भएका छन् भने मेचीनगर नगरपालिका वडा नं ७ का ९ परिवारका ४२ जना विस्थापित भइ प्यारीभिट्टा बसपार्कमा आश्रय लिएका छन् ।त्यसैगरी शिवसताक्षी १० का ४ परिवारका २१ जना, झापा गाउँपालिका ७ का १४ परिवार ,सोही गाउँपालिका १ का ९२ परिवार र कचनकवल गाउँपालिका १ का एक परिवार विस्थापित बनेको रेडक्रसले जनाएको छ ।विस्थापितहरुले नजिकको उच्च स्थान,छिमेकी र विद्यालयमा आश्रय लिएको जनाइएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्