शिवगञ्ज , साउन २ । झापा शिवसताक्षी नगरपालिका ६ को जनआदर्श मावि नमूना विद्यालय घोषित भएको छ ।

सरकारले असार ३१ गते विद्यालयलाई नमूना घोषणा गरेको शिवसताक्षी ६ का वडाध्यक्ष मनोज कार्की खुलालले बताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) ले तोकेको मापदण्ड पूरा गरी सो विद्यालय नमूना घोषणा भएको हो । यो मावि नगरपालिकाकै प्रथम नमूना विद्यालय बनेको छ । वडाध्यक्ष कार्कीले विद्यालयका शिक्षक , आवश्यक कागज तयार गर्ने दिनेश श्रेष्ठ,विद्यालय व्यवस्थापन समिति,नगर शिक्षा शाखा प्रमुख सुरेन्द्र दाहाल, शिवसताक्षी नगरपालिका वोर्ड,नेपाल शिक्षक महासंघ लगायत यस कार्यमा जोडिएका सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेका छन् । उनले विद्यालय विकासमा सामूहिक जवाफदेही बन्दै अघि बढ्न र निरन्तर प्रयास गर्न आग्रह गरेका छन् । नगरलाई राष्ट्रियस्तरमा चिनाउन आफूहरू सफल हुने वडाध्यक्ष कार्कीले विश्वास व्यक्त गरेका छन् । नेपाल शिक्षक महासंघ शिवसताक्षीका सचिव गोबिन्द काफ्लेले पनि विद्यालय नमूना घोषणा भएकोमा खुशी व्यक्त गरेका छन् । झापामा यसपटक कमल गाउँपालिकाको कमला मदन आश्रित मावि पनि नमूना घोषणा भएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्