झापा ,साउन २ । प्रदेश १ को बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमित गएराति मृत्यु भएको छ ।

प्रतिकात्मक तस्वीर

मृतक सप्तरी राजविराज नगरपालिका—६का ७३ वर्षीय पुरुष हुन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार उनको स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको थियो ।उनको उपचारकै क्रममा धरानमा मृत्यु भएको हो ।
मृतक भारतको विभिन्न व्यापारिक सहरमा व्यापारको लागि आउजाउ गर्ने गरेको बुझिएको छ । मृतकको शव अहिले प्रतिष्ठानको शव गृहमा राखिएको छ । मृतक प्रदेश २ सप्तरीका भए पनि प्रदेश १ मा पहिलो व्यक्ति उपचारको क्रममा मृत्यु भएको यो पहिलो घटना हो ।
शवलाई कसरी व्यवस्थापन गर्ने भनेर अहिले समवन्य भईरहेको बताईएको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार मृत्यु हुने ब्यक्ति सप्तरीको कुनै पनि क्वारेन्टाइनमा बसेको रेकर्ड छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्